प्रधानमन्त्रीमा ओलीकाे पनि दाबी, १५३ सांसदको हस्ताक्षर प्रस्तुत
७ जेठ, काठमाडाैँ । प्रधानमन्त्रीको दावीसहित प्रधानमन्त्री केपी शर्मा ओली पनि राष्ट्रपति निवास शीतल निवास पुग्नुभएकाे छ । विपक्षी दलहरु कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको दावीसहित पुग्नुअघि नै ओली शीतलनिवास पुग्नुभएकाे थियाे । उहाँ नेकपा (एमाले)का १२१ र जसपाका ३२ गरी १५३ सांसदको हस्ताक्षरसहित शितल निवास पुग्नुभएको हो । दावी पत्रमा जसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महताे र एमालेका अध्यक्ष एवम् दलका नेता केपी शर्मा ओलीले हस्ताक्षर गर्नुभएको छ।
प्रकाशित मिति : 16:21









