२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

माधव नेपाल चुनावअघि कांग्रेस प्रवेश गर्ने, नेताको साथ नपाएपछि सांसदको हस्ताक्षर दुरूपयोग

७ जेठ, काठमाडौँ । नेकपा एमालेका अन्य नेताले साथ नदिएपछि वरिष्ठ नेता माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केनद्रका अध्यक्ष प्रचण्डको पछि लागेर राष्ट्रपति भवन शितल निवास पुग्नुभयो । एमालेका सांसदहरू नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाइ प्रधानन्त्री बनाउने पक्षमा हस्ताक्षर गर्न संसद सचिलयको लेखा समितिको हलमा डा भीम रावल, रामकुमारी झाँक्री झपट रावलसहित सात जनामात्र पुगेपछि नेपालले पुरानो हस्ताक्षर बोकेर देउवाकानाममा दुरूपयोग गर्नुभएको छ ।

सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट लगायतका नेताहरूले नेता नेपालको यो कदमको निन्दा गरेका छन । पाण्डेले आफूले देउवालाइ प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको भन्दै हस्ताक्षर दुरूपयोग भएको जानकारी गराइसक्नुभएको छ । सिंहदरबारदेखि एमालेको नामममा एक्लो बन्नुभएको माधव नेपाल शितल निवाससम्म पनि एक्लै हुनुहुन्छ ।

एमाले सांसद र नेताको साथ नपाएपछि एक्लै कांग्रेस र माओवादी नेताको हुलमा मिसिनुभएका माधवकुमार नेपाल शेरबहादुर देउवा र विमलेन्द्र निधीको बीचमा ।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा शेरबहादुर देउवासहितका कांग्रेस नेतासँग कुरा हुँदा अन्य नेता एमाले भए पनि आफू अब एमाले हुन नसक्ने भन्दै नेपालले चुनावअघि आफू कांग्रेस प्रवेश गर्न तयार रहेको जानकारी गराउनुभएको स्रोतले जनाएको छ । यसअघि देउवाले रूख चिन्हमा चुनाव लड्न गरेको प्रस्ताव समेत नेपाल र डा रावलले स्वीकार गर्नुभएको कुरा सार्वजनिक नै भैसकेको थियो ।

नेपालले आफू कांग्रेस नै प्रवेश गर्ने तयार भए पनि सांसदहरू उपस्थित नभए पनि संसदमा अनुपस्थित भएका २७ जनाको हस्ताक्षर प्रयोग गर्ने भनेर देउवालाइ दिनुभएको थियो । त्यसको बिरोध गरेर नेता सुरेन्द्र पाण्डे पार्टीको विवाद समाधान कार्यदलको बैठकमा सहभागी हुन जानुभएको थियो ।

माधव नेपाल जस्तो नेताले नै सांसदको हस्ताक्षर दुरूपयोग गराउन कस्सिएपछि अरूले के गर्लान भन्ने प्रश्न उठेको छ । सिंहदरबारमा भएको छलफलमा हस्ताक्षर गर्नेक्रममा एमालेका सात जना भन्दा बढी सांसद उपस्थित भएका थिएनन् ।

 

प्रकाशित मिति : 16:28