सरकार गठनको खेलमा नलाग्ने जसपाको निर्णय, ओलीको विपक्षमा नजाने स्पष्ट
७ जेठ, काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा)n] पुनः सरकार गठनको खेलमा नलाग्ने निर्णय गरेको छ । सिंहदरबारमा शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको दलका नेता राजेन्द्र महतोले जानकारी दिनुभयो । जसपाले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मुद्दाहरु सम्बोधन गरिरहेकाले विपक्षमा जान नसक्ने स्पष्ट पारेको छ ।
प्रकाशित मिति : 12:57







