२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

देउवालाई भेट्न बूढानीलकण्ठ पुगे प्रचण्ड

७ जेठ, काठमाडाैँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बूढानीलकण्ठस्थित काँग्रेस सभापति शेरबहादुर देउवाको निवास पुग्नुभएकाे छ । नेपाली काँग्रेसको पदाधिकारी बैठक सकिए लगत्तै माओवादी अध्यक्ष बूढानीलकण्ठ पुग्नुभएकाे हाे । राष्ट्रपतिबाट संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि आज साँझ ५ बजेसम्मको अवधि दिनुभएपछि प्रचण्ड देउवालाई  भेट्न बूढानीलकण्ठ पुगेका हुन् ।

 

प्रकाशित मिति : 11:44