फेरि मन्त्री हुने रहर जागेपछि घनश्यामले फेसबुकबाट मुख खोले
६ वैशाख, काठमाडाैँ । नेकपा (एमाले)का नेता घनश्याम भुसालले फेरि मन्त्री हुने इच्छा देखाउनुभएको छ । उहाँले समाजिक सञ्जाल मार्फत घुमारो पारमा यस्तो इच्छा व्यक्त गर्नुभएको छ । नेकपा एमालेको सरकार ढाल्न र एमालेको सूर्य ध्वजावाहक उम्मेदवार हराउन दिलोज्यान दिएर लाग्नुभएको उहाँले अझै पनि वाम सरकार बन्ने ठाउँ भएको बताउनुभएको छ ।
उहाँले भन्नुभएको छ ‘हामीमा आन्दोलनप्रति न्युनतम इमान्दारी छ भन्ने प्रमाणित गर्न सक्दा अझै पनि वाम सरकार बन्नसक्ने ठाउॅ छ । आन्दोलनलाई बर्बाद गर्न आफै कसम खाएका छौं भने वा आत्महत्या गर्नै कस्सिएका हौं भने त्यो घडी नजिकै छ ।’
प्रकाशित मिति : 20:50









