२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

एमाले हराउने तिमीहरूलाई जनता र सूर्य चिन्हकाे पाप लाग्छः अध्यक्ष मैनाली

६ वैशाख, काठमाडाैँ । नेकपा (एमाले) नुवाकोटका अध्यक्ष बद्री मैनालीले पार्टीलाई हराउन मतदान गर्नेहरूलाई पाप लाग्ने बताएका छन । बागमती प्रदेशमा राष्ट्रियसभाको उप निर्वाचनमा एमालेको बहुमत हुँदाहुँदै पनि सूर्य चिन्हको उम्मेदवारले पराजय व्यहोर्नु ठूलो वेइमानी भएको बताउनुभएको छ । उहाँले भन्नुभएको छ ‘कि पार्टीकाे अनुशासन र ईमानदारीता मा बस्नु कि छाडेर जानू यति ठुलो बेईमानी त अर्को पार्टीकाले गर्दैन । कस्ले एकता भाड्न खाेजेकाे प्रष्ट भयाे । भाेलि जनताको र सुर्य चिन्हकाे पाप लाग्ला अपराधी हाे ।’

प्रकाशित मिति : 20:36