संसदमा पुनः विश्वासको मत नमाग्ने प्रधानमन्त्रीको संकेत
६ जेठ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा पुनः विश्वासको मत नमाग्ने संकेत गर्नुभएको छ । एक पटक विश्वासको मत प्राप्त गर्न नसकेका कारण पुनः प्राप्त गर्न सक्ने अर्को कुनै परिघटना नभएका कारण प्रधानमन्त्रीले यस्तो संकेत गर्नुभएको हो । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको मन्त्रिपरिषद् बैठकमा उहाँले मन्त्रीहरूलाइ पुनः संसदमा गएर विश्वासको मतको अपिल नगर्ने जानकारी गराउनुभएको हो ।
प्रधानमन्त्री ओलीले ३० दिनभित्र विश्वासको मत लिने प्रक्रियामा नगई संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने बताउनुभएको बुझिएको छ। संविधानको धारा ७६ को उपधारा ३ बमोजिम ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री बनेका ओलीले उपधारा ४ बमोजिम एक महिनाभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्छ । विश्वासको मत प्राप्त नभएमा उपधारा ५ को प्रक्रिया शुरू हुन्छ । प्रधानमन्त्री ‘फास्ट ट्रयाक’ बाट अर्को प्रक्रियामा जाने संकेत गर्नुभएको हो ।
प्रकाशित मिति : 19:32









