२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

फेरि स्थगित भयो नेकपा (एमाले)को विवाद समाधान कार्यदलको बैठक

६ जेठ, काठमाडाैँ । नेकपा (एमाले) कार्यदलको बैठक फेरि स्थगन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज ५ बजे बस्ने भनिएको बैठक आन्तरिक तयारी नपुगेको जनाई स्थगन गरिएको हो । यसअघि हिजो बुधबार पनि यस्तै कारण देखाउदै बैठक स्थागित भएको थियो ।

एमालेमा पछिल्लो पटक देखिएको विवाद समाधान गर्नका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले यही जेठ २ गते १० सदस्यीय कार्यदल गठन गर्नुभएको थियो । मङ्गलबार बसेको कार्यदलको पहिलो बैठकले कार्यविधि, कार्यक्षेत्र र आचारसंहिता बनाउने र पार्टीपंक्तिलाई आपसमा असमझदारी र असहयोग बढ्ने कुनै पनि खालका गतिविधि र अभिव्यक्ति नदिन आह्वान गरेको थियो ।

कार्यदलमा विष्णुप्रसाद पौडेल, गोकर्णराज विष्ट, प्रदीपकुमार ज्ञवाली, शंकर पोखरेल, सुवास नेम्बाङ, विष्णुप्रसाद रिमाल, भीमबहादुर रावल, घनश्याम भुसाल, सुरेन्द्रप्रसाद पाण्डे र रघुजी पन्त रहनुभएको छ ।

प्रकाशित मिति : 16:21