नेकपा (एमाले)को स्थायी कमिटीको आकस्मिक बैठक बस्दै, यस्ता छन एजेन्डा
६ जेठ, काठमाडाैँ । नेकपा (एमाले)को स्थायी कमिटीको आकस्मिक बैठक बस्दै छ । प्रधानमन्त्री समेत रहनुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीले यस्ता छन एजेन्डा स्थायी कमिटीको आकस्मिक बैठक बोलाउनुभएको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो बजे बस्नेछ ।
बैठकमा माधवकुमार नेपाल समूहले वार्ता गरेजस्तो गरेर पार्टी अनशासन उलंघन गरिरहेको विषयमा गम्भीर समिक्षा हुनेछ । बागमती प्रदेशमा बिहीबार जारी राष्ट्रियसभाको निर्वाचनमा माधवकुमार नेपाल मसहूका नेताले स्पष्ट रूपमा असहयोग गरेका छन । अष्टलक्ष्मी शाक्य र राजेन्द्रप्रसाद पाण्डेले कांग्रेसले प्रस्ताव र माओवादीले समर्थन गरेर उठाएका उम्मेदवारको प्रचारमा खुलेआमा लागेका छन ।
एमालेको आधिकारिक उम्मेदवारको विरूद्धमा एमालेकै नेताहरूले मत मागेर हिडेँपछि त्यसको गम्भीर समिक्षा गर्न लागि पार्टीको बैठक बोलाइएको बताइएको छ । बैठकमा विवाद समाधानका लागि गठन गरेको कार्यदलका सदस्यले औपचारिक र अनौपचारिक रूपमा भएका छलफलको रिपोर्टिङ पनि गर्नेछन ।
प्रकाशित मिति : 10:30









