२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

बादलको विजयले कम्युनिष्ट आन्दोलनको भावनात्मक एकतामा बल मिल्छः अध्यक्ष ओली

५ वैशाख, काठमाडाैँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलील भोलि शुक्रबार हुने राष्ट्रियसभाको निर्वाचनले पार्टीको सामर्थ्य, एकता र अनुशासनलाई स्थापित गर्ने बताउनुभएको छ । एमाले उम्मेदवार रामबहादुर थापा बादलालाइ मत माग्दै अध्यक्ष अोलीले यस्तो बताउनुएको हो ।

उहाँले भन्नुभएको छ ‘गत २०७७ फागुन २३ गते नेकपा (एमाले) पुनःस्थापना भएपछि हुन गइरहेको यस निर्वाचनको विशेष महत्व छ । यसले हाम्रो पार्टीको सामथ्र्य, एकता र अनुशासनलाई त स्थापित गर्ने नै छ ।’ उहाँले बदलको विजयले कम्युनिष्ट आन्दोलनको भावनात्मक एकतामा समेत बल पुर्याउने बताउनुभएको छ ।

उहाँले अघि भन्नुभएको छ ‘सँगसँगै २०७५ साल जेठ ३ गते एकीकरण भएको, तर कतिपय नेताका अवसरवादी एवं विभाजनकारी व्यवहारका कारण भङ्ग नेकपाको बिरासत पनि यसै पार्टीले बोक्छ र यो नै वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनको मूलप्रवाह हो भन्ने पुष्टि पनि गर्ने छ ।’

प्रकाशित मिति : 13:16