६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

बैंकले निषेधाज्ञामा जरिवाना लिन नपाउने, अक्सिजन उद्योगलाई सहुलियत ऋण दिने

४ जेठ, काठमाडाैँ । निषेधाज्ञा अवधिभरमा ऋणीसँगबाट कर्जा असुली गर्दा पेनाल्टी वा अतिरिक्त शुल्क नलिन नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा गर्दै निषेधाज्ञाका समयमा ऋणीसँग अतिरिक्त शुल्क नलिन निर्देशन दिएको हो ।

राष्ट्र बैंकले काेराेना संक्रमण न्यूनीकरणका लागि जारी भएको निषेधाज्ञा अवधिभर र सो अवधि समाप्त भएको एक महिनासम्म बैंक तथा वित्तीय संस्थाले कुनै पनि प्रकारको असुली सम्बन्धी सूचना वा लिलामी सम्बन्धी सूचना जारी गर्न नपाउने व्यवस्था मिलाउने समेत बताएको छ ।

यस्तै महामारी नियन्त्रणका लागि सञ्चालन हुने उद्योगहरुलाई समेत केही राहत दिने राष्ट्र बैंकले जनाएकाे छ । राष्ट्र बैंकले नेपालमा हाल सञ्चालनमा रहेका स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लान्टको लागि रु. ५० करोडसम्म तथा अक्सिजन प्लान्ट स्थापना गर्ने प्रयोजनको लागि रु २० करोडसम्मको कर्जालाई एक वर्षको लागि विशेष पुनरकर्जा उपलब्ध गराउने व्यवस्था मिलाउने  बताएको छ ।

प्रकाशित मिति : May 18, 2021 at 4:23 pm