२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

माधवकुमार नेपालको घरमा गृहमन्त्री बादल, उपचुनावबारे छलफल हुँदै

४ जेठ, काठमाडाैँ । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालको घरमा गृहमन्त्री रामबहादुर थापा बादल पुग्नुभएको छ । उहाँहरूको बीचमा अहिले छलफल जारी रहेको गृहमन्त्री थापाका प्रेस संयोजक किरण भट्टराइले जानकारी दिनुभयो ।

राष्ट्रियसभाको उपनिर्वाचनमा आफूलाई मतका लागि सहयोग माग्न गृहमन्त्री थापा नेपालको घरमा पुग्नुभएको हो । उहाँहरूबीच ३० मिनेट भन्दा बढी समयदेखि छलफल भैरहेको छ। वागमती प्रदेशमा यही जेठ ६ गते राष्ट्रियसभा सदस्यको लागि उपनिर्वाचन हुँदैछ । त्यसमा एमालेबाट बादल नै उम्मेदवार बन्नुभएको छ ।

प्रकाशित मिति : 14:37