राजनीतिमा नयाँ मोड, जसपा प्रधानमन्त्री पाएमात्र सरकार जाने (संयुक्त विज्ञप्तिसहित)
४ जेठ, काठमाडौं । जनता समाजवादी पार्टीका दुइ ध्रुवमा रहेका नेता महन्थ ठाकुर र उप्रेन्द्र यादवको विज्ञप्तिले राजनीति नयाँ मोडमा पुगेको छ । जसपाले विज्ञप्ति नै निकालेर प्रधानमन्त्री पाएमात्र सरकार जाने बताएको छ । सत्तारूढ नेकपा (एमाले)ले विश्वासको मत पाउने अपेक्षा गरिरहेको समयमा ठाकुर र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै सरकारको नेतृत्वमा दावी गरेको हो ।
जसपाले केन्द्रीय कार्यकारिणी समितिको बैठक पनि बोलाएको छ। यही जेठ ८ र ९ गते ललितपुरको बालकुमारीमा रहेको केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक बोलाइएको जसपाको हो । पार्टीभित्र देखा परेको आन्तरिक विवाद हल गरेपछि कार्यकारिणी समितिको बैठक बोलाइएको हो।


प्रकाशित मिति : 13:58









