बजेट अगावै संसदमा विश्वासको मत लिने प्रधानमन्त्री ओलीको तयारी
३ जेठ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बजेट प्रस्तु हुनु अगावै विश्वासको मत लिने तयारी गर्नुभएको छ । यसअघि वैशाख २७ गते सत्तारूढ एमालेकै सांसदहरूको मत प्राप्त गर्न नसक्नुभएका प्रधानमन्त्री ओलीले पार्टी विवाद समाधान गरेर एमाले र जसपा सांसदहरूको साथबाट संसदको विश्वास हाँसिल गरेर प्रतिनिभिसधाको बाँकी कार्यकालभरी सरकार सञ्चालन गर्ने नयाँ रणनीति अख्तियार गर्नुभएको छ ।
यसअघि विश्वासको मत गुमाएपछि स्वतः पदमुक्त हुनुभएको प्रधानमन्त्री ओली वैशाख ३१ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसदको ठूलो दलको हैसियतमा संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
प्रधानमन्त्रीमा नियुक्त भएपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाइ अगामी साता सम्ममा संसदमा विश्वासको मत माग्नेबारेमा जानकारी गराउनुभएको बुझिएको छ । संविधान अनुसार प्रधानमन्त्रीमा नियुक्त भएको मितिले तीस दिनभित्र संसदको विश्वास लिनुपर्ने हुन्छ ।
विश्वासको मत लिएपछि सरकारको नीति तथा कार्यक्रम र बजेट पारित गर्न सजिलो हुने सरकारले अुनमान गरेको छ । प्रधानमन्त्रीले विश्वासको मत लिनु अघि वा पछि पुनः मन्त्रिपरिषद् पनि पुनर्गठन हुने सम्भावना रहेको छ । राजेन्द्र महतोको नेतृत्वमा जसपाले सरकारमा सहभागिता जनाउने संकेत गरेको छ । यता माधवकुमार नेपाल समूहका नेताहरू पनि अवसर पाए सकारमा सहभागी हुने अवस्थामा रहेका छन ।
प्रकाशित मिति : 23:10









