राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा एमालेका उम्मेदवार बादललाई मत दिने राप्रपाकाे औपचारिक निर्णय
३ जेठ, काठमाडाैँ । जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रहनुभएका गृहमन्त्री रामबहादुर थापा बादललाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मत दिने निर्णय गरेको छ। बादललाई मत दिन नेकपा एमालेबाट पार्टीलाई औपचारिक पत्र प्राप्त भएकोले मत दिनेबारे निर्णय भएको राप्रपाका नेता मोहन श्रेष्ठले जानकारी दिनुभयाे ।
बादल बागमती प्रदेशमा २०७४ सालमा भएको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट बिजयी हुनुभएकाे थियाे । एमाले प्रवेशसँगै उहाालाई माओवादीले कारवाही गरेपछि पद रिक्त भएको थियो। माओवादी, नेपाली कांग्रेसलगायतको समर्थनमा खिमलाल देवकोटा विपक्षी गठबन्धनबाट उम्मेदवार हुनुहुन्छ।
प्रकाशित मिति : 17:55









