२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

एमालेको विवाद समाधान कार्यदलले काम थाल्यो, बैठक बस्दै

३ जेठ, काठमाडौँ । नेकपा (एमाले)को पछिल्लो विवाद निरूपणका लागि गठन गरिएको कार्यदलले काम थालेको छ । कार्यदलका सदस्यहरूले पार्टीको विवाद कसरी मिलाउन सकिन्छ भनेर व्यक्तिगत र सामूहिक रूपमा छलफल थाल्नुभएको छ भने आजै कार्यदलको बैठक पनि बस्दैछ ।

दुबै पक्षले अडानबाट पछि हटेर सहमतिको विन्दु पत्ता लगाउन आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफलपछि कार्यदल गठन गरिएको थियो । कार्यदलमा दुवै पक्षका ५र५ जना सदस्य रहनुभएको छ ।

कार्यदलका एक जना सदस्य डा भीमबहादुर रावलको आँखामा समस्या आएका कारण आजको छलफलको समय एकिन भैसकेको छैन । यद्यपी साँझसम्ममा कार्यदलको बैठक बस्ने र प्रारम्भिक रूपमा सहमतिको खाका तयार गर्ने सदस्यहरूले बताएका छन।

कार्यदलमा ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल हुनुहुन्छ भने माधव नेपालका तर्फबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहनु भएको छ ।‘ कार्यदललाई तीन दिनको समय दिइएको छ ।

प्रकाशित मिति : 10:15