१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

संसदीय समिति गठनमा कांग्रेसको अबरोध, तीन दिनमा नाम नदिए आफैँ तोक्ने सभामुखको चेतावनी

२२ असार, काठमाडौँ । नेपाली कांग्रेसले संसदीय समिति गठनमा अवरोध सिर्जना गरेको छ । संसदीय समितिमा रहने सदस्यको नाम नदिएर कांग्रेसले अवरोध सिर्जना गरेको हो । सभामुख कृष्णबहादुर महराले नेपाली कांग्रेसले संसदीय समितिमा रहने सदस्यहरूको नाम तीन दिनभित्रमा नदिए बाध्य भएर आँफैले तोकिदिने चेतावनी दिएका छन् ।

सिंहदरबारमा बिहीबार पत्रकारहरूसँग कुरागर्दै सभामुख महराले आफूले पटक–पटक नाम मागेको तर नपाएकाले बाध्य भएर यो कदम चाल्ने मनसाय बनाएकोे जानकारी दिए । उनले यसअघि नै दलहरूलाई ५ दिनको समय दिएको तर दलहरूले १० दिनसम्म पनि नाम नबुझाएको भन्दै अब समय थप नहुने बताए । प्रतिनिधिसभामा हाल १० वटा विषयगत समिति छन् ।

प्रकाशित मिति : २२ असार २०७५, शुक्रबार ०६:०१