२९ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 13 2026

सम्पूर्ण शक्ति कोभिड नियन्त्रणमा लगाउनुहोस् : गृहमन्त्री थापा

३१ वैशाख, काठमाडाैँ । गृहमन्त्री रामबहादुर थापाले सम्पूर्ण शक्ति कोभिड–१९ सङ्क्रमण नियन्त्रणमा लगाउन मातहतका कर्मचारीलाई निर्देशन दिनुभएको छ । मन्त्री पदको सपथग्रहणपछि आज गृह मन्त्रालयमा पदभार ग्रहण गर्दै उहाँले वर्तमान विषम परिस्थितिमा अक्सिजन आपूर्तिमा विशेष ध्यान दिन र चुस्त व्यवस्थापनमा लाग्न अनुरोध गर्नुभयो ।“निषेधाज्ञाको मौका छोपी हुनसक्ने कालोबजारी नियन्त्रणमा सचेत हुनुहोस्, मन्त्रालयबाट पूर्ण सहयोग रहने छ”, पद बहालीका क्रममा गृहमन्त्री थापाले भन्नुभयो, “सबै मिलेर सङ्कट मोचन गर्नुपर्छ ।”

उहाँले मातहतका निकाय तथा कर्मचारीबाट विगतमा जस्तै सहयोगको अपेक्षा रहेकोसमेत बताउनुभयो । गृहमन्त्री थापाले शान्ति सुरक्षा कायम गर्दै निषेधाज्ञाको आदेश पालना गराउन र मन्त्रालयले दिएको निर्देशन कार्यान्वयनमा सक्रियतापूर्वक लाग्न सुरक्षा निकायलाई समेत निर्देशन दिनुभयो ।

प्रकाशित मिति : May 14, 2021 at 6:21 pm