२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

एमालेलाई बधाई दिँदै नारायणकाजीले भनेः अब अरुको बिरोधमा समय खेर फाल्नु हुदैन

३० वैशाख, काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपा एमालेलाइ बधाइ दिँदै अब अरूको बिरोधमा समय खेर फाल्न नहुनेब ताउनुभएको छ । १० घण्टाको बीचमा समाजिक सञ्जालमा दोस्रो प्रतिक्रिया दिँदै उहाँले माओवादी कार्यकर्तालाइ बिचलित नहुन भन्नुभएको छ ।

यस्तो छ श्रेष्ठको टिप्पणी

नेकपा(एमाले )का कमरेडहरुलाई बधाई तथा शुभकामना । हाम्रो पार्टी र अन्य कम्युनिष्ट क्रान्तिकारीहरु ,मुख्यत: हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र ) ले अव प्रतिक्रियात्मक भएर अरुको बिरोधमा समय खेर फाल्नु हुदैन। देशभक्ति ,क्रान्तिनिष्ठता , सिध्दान्तनिष्ठता र जनसेवालाई आत्मसात गर्दै ब्यबस्थितरुपमा बैचारिक सांस्कृतिक रुपान्तरण र संगठनात्मक सुदृढीकरण को अभियान सञ्चालन गर्नुपर्छ ।

बैचारिक छिपछिपेपन , बिधिपध्दतिको अवज्ञा ,ब्यक्तिवाद ,संकिर्णता , अनेकता ,गुटवन्दी , भ्रष्टीकरणबाट माथि उठ्नुपर्छ र त्यसको बिरुध्द संघर्ष गर्न दृढ हुनुपर्छ। त्यसरी मात्र हामी क्रान्तिकारी पार्टी निर्माण र समाजवादको यात्रामा सफलताउन्मुख हुँदै अघि बढ्न सक्नेछौं। बिचलन ,निराशा र निष्कृयता क्रान्तिकारी गुणचरीत्र होइन । घिसिपिटेपन र तदर्थवाद बाट फड्को नमारीकन पनि आजको आवश्यकता पुरा गर्न सकिने छैन । तत्कालै भने सिङ्गो पाटी पङ्क्ति कोरोना महामारी सङग जुझ्न स्वयंसेवामा जुटौं ।

प्रकाशित मिति : 12:06