अब बामदेव गाैतम पनि एमाले एकताको पक्षमा, प्रधानमन्त्री ओलीलाई दिए बधाई
३१ वैशाख, काठमाडौँ । नेकपा एमालेका नेता वामदेव गौतम पनि एमाले एकताको पक्षमा देखिनुभएको छ । यसअघि पार्टी एकता अभियान चलाउनुभएका गौतमले केहीदिनअघि पार्टी विभभाजनका लागि माधवकुमार नेपाललाई प्रोत्साहित हुने प्रतिक्रिया दिनुभएको थियो । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली माधवकुमार नेपालकाबीचको संवादले एमाले एक हुने अवस्था भएपछि गौतमले त्यसका लागि शुभकामना पनि दिनुभएको छ । उहाँले केही दिनअघिको भेटमा अब तपाइसँग सम्बन्धबिच्छेद भयो भनेर भन्नुभएको थियो ।
उहाँले ओली नेपाल संवादलाई पार्टीका निम्ति एक महत्त्वपूर्ण घटनाका रुपमा स्थापित होस् भन्दै पार्टीको एकता निर्माणमा सफलता मिलोस् भनी शुभकामना दिनुभएको छ । गौतमले भन्नुभएको छ ‘नेकपा एमालेका दुई वरिष्ठ नेताहरू अध्यक्ष क।के।पी शर्मा ओली र पार्टीका पूर्व महासचिव क। माधव कुमार नेपालबीच पार्टीभित्र उत्पन्न समस्या समाधानका सम्बन्धमा प्रारम्भिक सम्बाद शुरु भएको छ’, नेता गौतमले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ यो नेकपा एमाले का निम्ति एक महत्त्वपूर्ण घटनाका रुपमा स्थापित होस् भन्ने मेरो चाहना छ । पार्टीको एकता निर्माणमा सफलता मिलोस् भन्ने शुभकामना दिन्छु । साथै पार्टी अध्यक्ष क। के।पी। शर्मा ओली नेपाल को ४३ औं प्रधानमन्त्री नियुक्ति हुनुभएकोमा हार्दिक बधाई दिन्छु ।’
प्रकाशित मिति : 11:55









