२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

एमाले एक हुँदा कमल थापा खुशी भने ‘वाम झुकाव भएको एमाले कमजोर हुनुहुन्न’

३१ वैशाख, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले एमाले विभाजन रोक्न सफल हुनुभएकोमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको प्रशंशा गर्नुभएको छ । उहाँले एमाले वाम झुकाव भएको प्रजातान्त्रिक दल भएकाले यो दल कमजोर हुन नहुने बताउनुभएको छ ।
उहाँले विदेशी शक्तिले राप्रपा फुटाएको स्मरण गर्दै भन्नुभएको छ ‘२०७४मा देशीविदेशी शक्तिले राप्रपा फुटाई दिए,परम्परागत राष्ट्रवादी शक्ति क्षतविक्षत भयो। हामी विस्तारै उठ्दै छौँ । फुटको डिलबाट एमाले फर्केको छ, पार्टी एकता कायम राख्नोस् @kpsharmaoli @ncp_madhavnepal नाम/काम जे भएपनि एमाले वाम झुकाव भएको प्रजातान्त्रिक दल हो।यो शक्ति कमजोर हुनुहुन्न ।’

प्रकाशित मिति : 07:20