केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त, तेस्रो पटक प्रधानमन्त्री हुने पहिलो कम्युनिस्ट नेता
३० वैशाख, काठमाडौँ । नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री पुनः नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ३ बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रूपनारायण भट्टराइले जानकारी दिनुभयो । ओली नेपालको तेस्रो पटक प्रधानमन्त्री हुने पहिलो कम्युनिस्ट नेता बन्नुभएको छ ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुइ वा दुईभन्दा बढि दलको समर्थनमा बहुमत प्राप्त दललाई साँझ ९ बजेसम्म दाबी पेश गर्न आह्वान गरेपनि कसैको दावी नआएपछि ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको भट्टराइले जानकारी दिनुभयो ।

प्रवक्ता भट्टराइले नवनियुक्त प्रधानमन्त्री ओलीले भोलि दिउँसो २ः३० राष्ट्रपति भवन शितल निवासमा सपथ ग्रहण गर्ने जानकारी दिनुभय । प्रतिनिधिसभामा नेकपा एमाले एक्लैका १२१ सांसद रहेका छन । उ प्रतिनिधिासभाको सबैभन्दा ठूलो दल हो ।

प्रकाशित मिति : 22:25









