२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

तीन दिन पनि टिकेन डा बाबुराम भट्टराईको खुशी, ट्वीट मार्फत यसरी पोखे दुःख

३० वैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सत्तार  डा। बाबुराम भट्टराईले मनाएको खुशी तीन दिन पनि टिकेन । भट्टराईले वैशाख २७ गते ट्वीट मार्फत ओली सत्ताच्यूत भएकोमा खुशी प्रकट गर्नुभएको थियो ।

उहाँले यस्तो भन्नुभएको थियो ‘अन्ततस्संसदले ओली सरकारलाई विधिवत् विदाइ गरेको छ । तर केही समयदेखि हुर्केको निरंकुश ओलीप्रवृत्ति परास्त भैसकेको छैन । देशमा बचेखुचेको लोकतान्त्रिक मूल्यमान्यता कायम गर्ने हो भने राष्ट्रपतिले तुरून्त धारा७६९२०अनुरूप२वा २भन्दा बढी दलको नयॉसरकार गठन गर्ने आह्वान गरून्१दलहरूले स्वीकारून !’

बिहीबार बाबुरामहरूले जति बल गरेर पनि नयाँ सरकार दिन नसकेपछि फेरि दुःखित हुँलै ओलीको राजनीतिक चतुर्याइमा केही गर्न नसकेको भन्दै निरीहता प्रस्तुत गर्नुभएको छ । उहाँले भन्नुभएको छ ‘जनतालाई कोरोना आतंकबाट राहत दिनसक्ने वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरू चुक्नु विडम्बनापूर्ण भएको छ। सिद्धान्तहीनता,खुराफात,किनवेचमा पतन भएको नेपाली राजनीतिमा ओली पुनः चतुर सावित भएका छन्।’, बाबुरामले ट्वीटरमा लेखेका छन्, ‘अदालत,संसद,मिडिया,आम जनताले तिरस्कार गरेका ओलीको विकल्प खोज्नैपर्छ। सबैले आत्मसमीक्षा गरौं !’

प्रकाशित मिति : 21:53