प्रधानमन्त्रीमा कसैले दाबी गरेनः राष्ट्रपति कार्यालय (विज्ञप्तिसहित)
३० वैशाख, काठमाडौँ । राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीमा कसैले पनि दाबी नगरेको जनाएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता रूपनारायण भट्टराइले संविधानको धारा ७६ को उपधार २ बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुइ वा दुइभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्ने सक्ने प्रतिनिधिसभाको सदस्यलाइ प्रधानमन्त्रीमा नियुक्तिका लागि दाबी पेश गर्न आह्वान गरिएको भए पनि राति ९ बजेसम्म पनि कसैको दाबी प्राप्त नभएको जानकारी दिनुभयो।

प्रकाशित मिति : 21:28









