२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

एमाले विभाजन गराउने देउवा र प्रचण्डको षडयन्त्र चकनाचुर

३० वैशाख, काठमाडौँ । नेकपा एमाले विभाजन गराउने नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको षडयन्त्रण चकनाचुर भएको छ । एमाले स्थायी कमिटी बैठकले विगत विर्सिएर पार्टीलाइ एकताबद्ध बनाउने निर्णय गरेपछि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको भेटवार्ताले एमाले विभाजन टरेको छ ।

बैठकपछि बाहिरिदैँ वरिष्ठ नेता नेपालले अब एमाले नयाँ ढंगबाट अघि बढाउने गरी समझादरी बनेको बताउनुभएको  छ। उहाँले सांसहरूले राजिनामा दिने कुरा पनि टरेको बताउनुभएको छ । योसँगै कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बनाएको एमाले विभाजन गर्ने षडयन्त्र तुहिएको छ ।

देउवा र प्रचण्डले एमालेका सांसदले राजिनामा दिए उपनिर्वाचनबाट जिताउने ग्यारेन्टी समेत दिएका थिए । तर एमाले अध्यक्ष ओलीले पार्टी मिलाउन गरेको प्रयासका बाबजुद त्यो ग्यारेन्टीको केहि चलेन । माधवकुमार नेपाल र भीम रावल लगायतका पाँच जनाभन्दा बढी राजिनामाका लागि तयार नभएपछि उक्त समूह समेत कांग्रेस र माओवादीलाइ खुशी बनाउन सक्ने हैसियतामा थिएन । यद्यपी एमाले बलियो बनाउने र एकताबद्ध बनाउन ओलीले गरेको प्रयासले सार्थकता पाएको छ ।

प्रकाशित मिति : 18:48