२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

अब एमाले नयाँ ढंगबाट अघि बढाउने कुरा भएको छः वरिष्ठ नेता नेपाल

३० वैशाख, काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता मधवकुमार नेपालले अब पार्टी नयाँ ढंगबाट अघि बढाउने कुरा भएको जानकारी दिनुभएको छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको वार्तापछि नेपालले अध्यक्ष अोलीसँग एमालेलाइ नयाँ ढंगबाट अघि बढाउने कुरा भएको बताउनुभयो ।

राजिनामा दिने कुरा तत्कालका लागि टरेको बतानुभयो । सञ्चारउद्यमी क्याप्टेर रामेश्वर थापाको घरमा उहाँहरूबीच झण्डै चार घण्टासम्म कुराकानी भएको छ । त्यसअघि बिहान भएको एमाले स्थायी कमिटीको बैठकले विगतका विवाद बिर्सेर पार्टीलाइ नयाँ ढंगबाट अघि बढाउने निर्णय गरेको थियो । 

बिहीबार बसेको एमाले स्थायी कमिटी बैठकले नेता नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई गरिएको निलम्बनको कारवाही फिर्ता लिने निर्णय गरेको छ। नेपाल पक्षका नेताहरूले कारबाही फुकुवापछि वार्ताको वातावरण बनको प्रतिक्रिया दिनुभएको छ ।

ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाइ समेत एक गराउने यही थापाको घर थियो । उहाँहरूले एमाले माओवादी एकीकरण अघि यही घरमा भेटवार्ता गर्नुभएको थियो ।

प्रकाशित मिति : 18:27