वार्ताबाट निस्कदै माधव नेपालले भन्नुभयोः अब राजिनामा दिने कुरा टर्यो
३० वैशाख, काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता मधवकुमार नेपालले राजिनामा दिने तत्कालका लागि टरेको बतानुभएको छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको वार्तापछि नेपालले यस्तो बताउनुभएको हो ।सञ्चारउद्यमी क्याप्टेर रामेश्वर थापाको घरमा उहाँहरूबीच झण्डै चार घण्टासम्म कुराकानी भएको छ । वार्ता सकिएपछि प्रधानमन्त्री ओली र माधव नेपाल फर्किनुभएको छ ।
बिहीबार बसेको एमाले स्थायी कमिटी बैठकले नेता नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई गरिएको निलम्बनको कारवाही फिर्ता लिने निर्णय गरेको छ। नेपाल पक्षका नेताहरूले कारबाही फुकुवापछि वार्ताको वातावरण बनको प्रतिक्रिया दिनुभएको छ ।
ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाइ समेत एक गराउने यही थापाको घर थियो । उहाँहरूले एमाले माओवादी एकीकरण अघि यही घरमा भेटवार्ता गर्नुभएको थियो ।
प्रकाशित मिति : 18:13









