२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचको वार्ता सकियो

३० वैशाख, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता सकिएको छ। सञ्चारउद्यमी क्याप्टेर रामेश्वर थापाको घरमा उहाँहरूबीच झण्डै चार घण्टासम्म कुराकानी भएको छ । वार्ता सकिएपछि प्रधानमन्त्री अोली र माधव नेपाल फर्किनुभएको छ ।

बिहीबार बसेको एमाले स्थायी कमिटी बैठकले नेता नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई गरिएको निलम्बनको कारवाही फिर्ता लिने निर्णय गरेको छ। नेपाल पक्षका नेताहरूले कारबाही फुकुवापछि वार्ताको वातावरण बनको प्रतिक्रिया दिनुभएको छ ।

ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाइ समेत एक गराउने यही थापाको घर थियो । उहाँहरूले एमाले माओवादी एकीकरण अघि यही घरमा भेटवार्ता गर्नुभएको थियो ।

प्रकाशित मिति : 18:08