जसपका सांसद एकै रिसोर्टमा, महन्थ ठाकुरको पक्षमा १९ सांसद पुगे (सूचीसहित)
३० वैशाख, काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा)का सांसदहरू भक्तपुरको एक रिसोर्टमा भेला भएका छन । बैठकका लागि उनीहरू त्यहाँ भेला भएका हुन । ठाकुर समूहमा १९ जना सांसद पुगेका छन । भक्तपुरस्थित सिपाडोलको डोलेश्वर भिलेज रिसोर्टमा रहेका छन । रिसोर्टमा ठाकुर पक्षीय सांसदहरु राजेन्द्र महतो, विमल प्रसाद श्रीवास्तव, अमृता अग्रहरी, चन्दा चौधरी, उमाशंकर अरगरिया, दुलारी देवी खंगा, प्रमोद साह, रानी मण्डल, नरमाया ढकाल, निर्जला राउतलगायत रहनुभएको छ ।
यी हुन बैठकमा सहभागी
महन्थ ठाकुर
राजेन्द्र महतो
शरतसिंह भण्डारी
विमल प्रसाद श्रीवास्तव
अनिलकुमार झा
अमृता अग्रहरी
चन्दा चौधरी
चन्द्रकान्त चौधरी
उमाशंकर अरगरिया
दुलारी देवी खंगा
नरमाया ढकाल
निर्जला राउत
राजकिशोर यादव
रानी मण्डल
लक्ष्मणलाल कर्ण
प्रमोद साह
रुही नाझ
कालु देवी विश्वकर्मा
प्रकाशित मिति : 17:37









