२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

उपेन्द्र बाबुरामले अपहरण गर्ने आशंकामा ठाकुर महतो पक्षका सांसद एकै ठाउँमा भेला भए

३० वैशाख, काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा) मा उपेन्द्र यादव र डा बाबुराम भट्टराई समूहले अपहरण गर्ने आशंकामामा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहका सांसद एकै ठाउँमा भेला भएका छन । भक्तपुरको एक होटलमा सबै सांसद भेला भएकोर बसेको जसपाका नेताले बताएका छ न।

जसपाका नेताको दाबी अनुसार त्यहाँ १९ जना सांसद भेला भएका छन । अझैल केही सांसद थपिने उनीहरूको दाबी छ । उपेन्द्र बाबुरा पक्षले सांसदहरूलाइ प्रलोभनमा पार्ने र धम्की दिने काम गर्न थालेपछि एकै ठाउँमा जम्मा भएर बसेको एक सांसदले जानकारी दिए । जहाँ ठाकुर लगायतका नेताहरू पनि सँगै रहेका छन ।

उपेन्द्र यादवले ४० प्रतिशत पुर्याएर दल विभाजनको प्रयास गरेपछि सांसदहरू एकै ठाउँमा बसेर दल विभाजन असफल पार्न खोजिएको एक नेताले बताए । उनीहरूले उपेन्द्र बाबुरामको पक्षमा १३ सांसद पनि हुन नदिने बताएका छन । उपेन्द्र बाबुरामले भने नेपाली कांग्रेसको नेतृत्वमा सरकारमा जाने तयारी गरिरहेका छन । यद्यपी त्यहाँ बहुमत पुग्ने सम्भवना रहेको छैन ।

यो पनि पढ्नुहोस्

महन्थ ठाकुर र राजेन्द्र महतो पक्षीय तीन सांसद अपहरणमा परेको खुलासा

प्रकाशित मिति : 16:38