२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

४ बजेपछि रामकुमारीको टिप्पणीः हाम्रो आत्मसमर्पणले कम्युनिष्ट आन्दोलनको बिसर्जन गर्छ

३० वैशाख, काठमाडाैँ । नेकपा (एमाले)की नेतृ रामकुमार झाँक्रीले बिहीबार सांसद पदबाट राजिनामा दिने अल्टिमेटम सकिएपछि राजिनामा नगरे कम्युनिस्ट आन्दोलन बिर्सजन हुने तर्क गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल मार्फत यस्तो टिप्पणी गर्नुभएको हो ।

उहाँले भन्नुभएको छ ‘ठोस प्रस्ताव र लिखित सहमति बिना अलमलमा पर्नुहुन्न। आफूले संसद विघटन गरेको सहि थियो र छ भन्ने प्रमाणित गर्न प्रभुको ईशारमा यो सबै हुदैछ। ठोस प्रस्ताव बिनाको संवादको अर्थ छैन। जनता, लोकतन्त्र र संबिधानको रक्षाको लागि हाम्रो अगाडी एक मात्र बिकल्प हो बिद्रोह । हाम्रो आत्मसमर्पणले कम्युनिष्ट आन्दोलनको बिसर्जन गर्छ। सचेत बनौँ।’

प्रकाशित मिति : 16:27