२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

संख्या नपुगेपनि बहुमतको सरकारका लागि दाबी गर्ने देउवा प्रचण्डको समझदारी

३० वैशाख, काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सांसदको संख्या नपुगेपनि बहुमतीय सरकारका लागि राष्ट्रपति समक्ष दाबी पेश गर्नु समझदारी बनाउनुभएको छ । उहाँहरूले राति ९बजेभित्रमा राष्ट्रपति समक्ष बहुमतीय सरकारको दाबी पेश गर्ने तयारी गर्नुभएको कांग्रेस स्रोतले जनाएको छ । केहीबेर अघि प्रचण्ड देउवा निवास वुढानिलकण्ठ पुग्नुभएको थियो । उहाँहरूले संविधानको धारा ७६ (२) को सरकार गठनका लागि दाबी गर्न आवश्यक कागजपत्र मिलाउने तयारी थाल्नुभएको छ ।

प्रकाशित मिति : 16:20