सांसद पदबाट राजिनामा दिन्न, म एमाले विभाजनको पक्षमा छैनः पवित्रा निराैला खरेल
३० वैशाख, काठमाडाैँ । एमाले सांसद् पवित्रा निरौला खरेलले पनि राजीनामा अस्वीकार गर्नुभएको छ । झापा क्षेत्र नं २ बाट निर्वाचित निरौलाले आफ्नै पार्टीको सरकार हुँदाहुँदै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन राजीनामा दिन नसकिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘राजीनामा गर्नु पार्टी विभाजन गर्नु हो, म विभाजनको पक्षमा छैन, देउवालाई प्रधानमन्त्री बनाउन राजीनामा दिन्नँ ।’
नेकपा एमालेको माधव गुटमा खुल्नुभएको उहाँले कुनै हालतमा सांसद् पदबाट राजीनामा नदिने बताउनुभयो । ‘म एमालेको पार्टी नेता हो, हामीले यो पार्टी निमार्णको लागि योगदान गरेका छौँ, हामीलाई जनताले जिताएर यहाँसम्म पुर्याएका हुन्, राजीनामा दिने भन्ने त सवाल नै हुदैँन नि,’ उहाँको भनाइ छ । राजीनामा दिनु भनेको पार्टीलाई विभाजनको औपचारिकता दिनु भएको खरेलले बताउनुभयो ।
प्रकाशित मिति : 15:02









