२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच वार्ता सुरू

३० वैशाख, काठमाडौँ । नेकपा एमालेका अध्यक्षस एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुढानिलकण्ठ रहेको एक सञ्चारउद्यमीको घरमा भेटवार्ता सुरू भएको छ । बुढानिलकण्ठमा रहेको रामेश्वर थापाको घरमा ओली र नेपालको बीचमा भेटवार्ता चलिरहेको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भन्नुभयो ‘प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच बूढानीलकण्ठमा भेटवार्ता शुरू भएको छ ।

बिहीबार बसेको एमाले स्थायी कमिटी बैठकले नेता नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई गरिएको निलम्बनको कारवाही फिर्ता लिने निर्णय गरेको छ। नेपाल पक्षका नेताहरूले कारबाही फुकुवापछि वार्ताको वातावरण बनको प्रतिक्रिया दिनुभएको छ ।

ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाइ समेत एक गराउने यही थापाको घर थियो । उहाँहरूले एमाले माओवादी एकीकरण अघि यही घरमा भेटवार्ता गर्नुभएको थियो ।

प्रकाशित मिति : 14:24