२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

३० वैशाख, काठमाडाैँ । नेपाली कांग्रेले पदाधिकारी बैठक बोलाएको छ । जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग भेटेलगत्तै सभापति देउवाले पदाधिकारीको बैठक बोलाउनुभएको हो । पदाधिकारी बैठक सभापति देउवाको निवास बुढानिलकण्ठमा अपरान्ह ४ बजे बस्नेछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतिइ सरकार गठनका लागि दलहरूलाइ दिनुभएको समय अाज राति ९ बजे सकिदैछ । त्यस समयसम्ममा पनि दलहरूले बहुमति सरकारका लागि दाबी पेश गर्न नसके अर्को प्रकियामा सरकार गठनको काम अघि बढाउने राष्ट्रपति कार्यालयको तयारी छ ।

प्रकाशित मिति : 14:11