प्रधानमन्त्री ओली र एमाले नेता नेपालबीच भेटवार्ता हुँदै
३० वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच भेटवार्ता हुँदैछ । अहिले २ बजेपछि हुने भेटवार्ताको स्थान भने केही खुलाइएको छैन ।
एमालेलाइ एकता बनाउने प्रयास स्वरूप बिहान स्थायी कमिटीको बैठक राखेर प्रधानमन्त्री ओलीले माधव नेपालसहित चार नेतामाथि गरिएको कारबाही फुकुवा गर्नुभएको थियो ।
सोही बैठकको क्रममा नेपालसँग टेलिफोन संवाद भएपछि उहाँहरूको भेटवार्ता तय भएको हो । अहिले २ बजेपछि पार्टीलाइ एक ढिक्का बनाउने विषयमा उहाँहरूबीच छलफल हुने बुझिएको छ ।
प्रकाशित मिति : 14:00









