कारबाही फुकुवाको निर्णय राम्रो छ, अब स्थायी कमिटी बोलाएर अघि बढाैँः नेता पाण्डे
३० वैशाख, काठमाडौँ । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले निलम्बन फुकुवा गर्ने निर्णय राम्रो भएको भन्दै अब स्थायी कमिटी बैठक बसेर अघि बढ्नुपर्ने बताउनुभएको छ । एमाले स्थायी कमिटीको बैठकले बिहीबार पाण्डेसहित माधवकुमार नेपाल, भीम रावल र घनश्याम भुसालमाथिको कारबाही फुकुवा गर्ने निर्णय गरेको थियो ।
पाण्डेले कारबाहीको निर्णयलाइ हिजोका दिनमा गलत नै भनिएको भन्दै उहाँले स्थायी कमिटी बैठक बोलाएर त्यहाँबाट कार्यदल गठन गरी सहमतिको थप प्रयास गर्नुपर्ने बताउनुभयो । उहाँले यसअघि माधवकुमार नेपालहरूले सांसदबाट राजिनामा दिने कुरा गर्दा पनि त्यसको विपक्षमा मत जाहेर गर्दै आउनुभएको थियो ।
प्रकाशित मिति : 12:27









