पूर्वमन्त्री दल रावलले पनि छाडे माधव समूह, युगखाने बाटो छाडेर छाक खानेमा नलाग्न अपिल
२९ वैशाख, काठमाडौँ । कार्णाली प्रदेशका पूर्वमन्त्री एवं नेकपा एमालेका नेता दल रावलले आफू माधवकुमार नेपाल समूहको नाममा समानान्तर गतिबिधिमा नरहेको जानकारी गराउनुभएको छ । आफ्नै पार्टीको सरकार ढाल्न एमालेकै सांसदहरू प्रयोग भएकोमा अच्चम मान्दै उहाँले एमालेको विकल्प एमालेभन्दा बाहेक हुन नसक्ने बताउनुभएको छ ।
उहाँले बुधबार सामाजिक सञ्जाल मार्फत एक अपिल गर्दै युगाखाने सम्भावना छाडेर थाल खानेमा नलाग्न अपिल गर्नुभएको छ । उहाँले अन्य नेताहरूलाइ पनि एमालेमा लामबद्ध हुन अपिल गर्नुभएको छ । माधव समूहले वैशाख २५ मा एउटा सर्कुलर पठाउँदै रावललाइ हुम्लाको अध्यक्षको रूपमा प्रचार गरेको थियो तर रावलले सिधै अस्वीर गर्नुभएको छ । उहाँले अफू गुटमा हैन एमालेमा लाग्ने बताउनुभएको छ ।
यस्तो छ उहाँको अपिल
कमरेडहरु मलाई पनि सम्झनुभएकोमा धन्यवाद । म नेकपा(एमाले) एकताबद्व रहोस भनी निरन्तर पहल र प्रयास गर्ने एक कार्यकर्ता हु । तर यसलाई कमरेडहरुले समानन्तर गतिविधिमा लागेकाे जसरि वुझेर वा यसलाई कमजोरी ठानेर मेरो कुनै सहमति बिना प्रदेश तथा जिल्ला कमिटीमा राखेको भनी सामाजिक संजालमा पोस्ट भएको थाहापाए । यसबाट म आश्चर्यचकित भएको छु।
म कुनै पनि समानान्तर गतिविधि वा कमिटीमा नभै हाम्रो गौरबशाली पार्टी नेकपा(एमाले) मा रहेको जानकारी गराउदछु। यसबाट कोहि भ्रमित नहुन पनि आग्रह गर्नचाहन्छु। साथै नेकपा(एमाले) का सम्पुर्ण नेता, कार्यकर्ता तथा सुभचिन्तकहरु लाई कोहि कसैको लहिलहिमा नलागी नेपाली जनताको प्यारो पार्टी नेकपा(एमाले)मा लामबद्द हुन हार्दिक अनुरोध गर्द्छु।
पार्टी भित्र रहेकोे केही असहमति र अन्तरसंघर्षलाई उचित ब्यबस्थापन गरि पार्टीलाई गतिशील बनाउनुको सट्टा पार्टीलाई कमजोर बनाउने आफ्नै पार्टीको नेतृत्वमा रहेको सरकारलाई बिस्थापित गरि “युगखाने संभावना भएका आदरणीय कमरेडहरु छाक खाने” बाटोमा नलाग्न समेत सादर अनुरोध गर्दछु ।
प्रकाशित मिति : 22:26







