देउवाले उपनिर्वाचनमा जिताउने ग्यारेन्टी दिएपछि रावलको ट्वीटः सांसदबाट राजिनामा दिन्छाैँ
२९ वैशाख, काठमाडाैँ । नेकपा एमालेका निलम्बित नेत डा भीबहादुर रावलले भोलि बिहीबार सांसद पदबाट राजिनामा दिने संकेत गर्नुभएको छ । मंगलबार राति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग माधवकुमार नेपालसहित झण्डै दुइघण्टा भएको छलफलमा देउवाले राजिनामा दिएका सांसदालाइ कांग्रेसले चुनाव जिताउने ग्यारेन्टी दिएपछि रावलले ट्वीट गर्दै यस्तो संकेत गर्नुभएको हो ।
उहाँले भन्नुभएको छ ‘असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ।थप राष्ट्रिय हित,पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रमं केपीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ।त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ।यो राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित छ।’
यसअघि नेकपा माओवादी केन्द्रले पनि संसद पुरै कार्यकाल टिकाउने र प्रधानमन्त्री केपी शर्मा ओलीलाइ सत्ताच्यूत गर्न शर्तमा एमालेबाट राजिनामा दिने सांसदहरूलाइ उपचुनाव जिताउने वचन दिएको छ । बिहीबार राति ९ बजे राष्ट्रपतिले दिएको समय सकिनु अगावै भीम रावल लगायतका सांसदले राजिनामा दिन सक्ने बुझिएको छ । यद्यपी गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे लगायतका नेता राजिनामा होइन अन्तरसंघर्ष गर्नुपर्ने पक्षमा हुनुहुन्छ ।
यो पनि पढ्नुहोस्
माधव नेपालहरूले राजिनामा दिए कांग्रेसले रूख चिन्हमा उपचुनाव लड्न अवसर दिने
–देउवालाई माधव नेपालको वचनः तपाईका लागि एमालेका १६ सांसदले राजिनामा दिन्छन
प्रकाशित मिति : 18:32









