२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

गण्डकीमा फेरि पनि एमालेकै सरकार, मुख्यमन्त्रीमा गुरूङले सपथ लिँदै

 २९ वैशाख, काठमाडाैँ । गण्डकी प्रदेशमा फेरि पनि नेकपा एमालेकै सरकार गठन हुने भएको छ । एमालेका तर्फबाट संसदीय दलका नेता पृथ्वीसुब्बा गुरूङले मुख्यमन्त्रीको सपथ लिँदै हुनुहुन्छ । उहाँ सपथका लागि प्रदेश प्रमुखको कार्यालयमा पुग्नुभएको छ ।

मुख्यमन्त्रीका लागि माअाेवादी समेतको सहयोग लिएर दावी पेस गरेका नेपाली कांग्रेसका कृष्ण चन्द्र नेपाली पोखरेलले बहुमत पुष्टि गर्न असफल भए । त्यसपछि ठूलो दलको हैसियतामा एमालेका गुरूङले सरकार बनाउन लाग्नुभएको हो ।

बुधवार अपरान्ह ४ बजेसम्मको समय भित्र कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाको समर्थन रहेको पत्र लिएर पोखरेल प्रदेश प्रमुखको कार्यालयमा पुगेका पुग्नुभएको थियो । तर, त्यही बेला जनमोर्चा संसदीय दलका नेता कृष्ण थापाले आफू तटस्थ रहेको भन्दै आफूलाई दलको नेताबाट हटाइएको कार्यलाई मान्यता नदिन पत्र पठाएपछि जनमोर्चाका अकां सांसद खिमविक्रम शाहीले पनि आफू गठबन्धनमा नरहेको वक्तव्य दिनुभएको थियो ।

प्रकाशित मिति : 18:15