बहुमतीय सरकारमा जसपा सहभागी नुहने, महन्थ र राजेन्द्रले राष्ट्रपतिलाई पत्र बुझाए
२९ वैशाख, काठमाडाैँ । राष्ट्रिय जनता पार्टी (जसप) बहुमतिय सरकारमा सहभागी नहुने निश्चित भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई लिखित रूपमाै बहुमतीय सरकारमा सहभागी नहुने जानकारी जसपाले गराएको छ ।
राजपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटे लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीलाई पत्र बुझाउँदै बहुमतीय सरकारमा सामेल नहुने जानकारी गराउनुभएको हो । राजपा अध्यक्ष उपेन्द्र यादव कांग्रेस–माओवादी केन्द्रसँग मिलेर सत्ता गठबन्धनमा सहभागी हुने तयारी गरेपछि ठाकुर र महतोले त्यसमा पार्टी समर्थन नरहेको जानकारी गराउनुभएको हो ।
राष्ट्रपतिले दुई वा दुई भन्दा बढी दल मिलेर सरकार बनाउन दिएको म्याद भोलि राति ९ बजे सकिँदैछ । जसपाका अध्यक्ष महन्थ ठाकुरले वैशाख २७ गते राति विज्ञप्ती जारी गर्दै अबको प्रधानमन्त्री केपी शर्मा ओली नै हुने बताउनुभएको थियो । उहाँले मधेशको माग ओलीले सम्बोधन गरिरहेकाले ओलीको विकल्प नखोज्ने जानकारी गराउनुभएको थियो ।
प्रकाशित मिति : 15:16









