प्रधानमन्त्री ओली र जसपाका अध्यक्ष ठाकुरबीच भेटवार्ता
२९ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच बुधबार भेटवार्ता भएको छ । उक्त भेटवार्तामा ठाकुरसँग जसपाका वरिष्ठ नेता राजेन्द्र महतो पनि सहभागी रहनुभएको जसपास्रोतले जनाएको छ ।
उहाँहरूबीच तीन घण्टाबढी छलफल भएको छ । प्रधानमन्त्रीसँग भेटका लागि ठाकुर र महतो बिहान ९ः३० बजे प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको थियो भने १ बजेपछि बालुवाटारबाट बाहिरिनुभएको थियो । उहाँहरूबीच समसामयिक राजनीतिका विषयमा कुरा भएकाे र नयाँ सरकार निर्माणको खेलमा नलाग्ने सहमति बनेको छ ।
प्रकाशित मिति : 15:05









