२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

फेरि चुनावमा जाने तयारी गरेर हामीसँग बदला लिने कोशिश हुँदैछः घनश्याम भुसाल

ओली२९ वैशाख, काठमाडौँ । आफ्नै पार्टीको सरकार ढाल्न संसद बहिष्कार गर्ने मध्येका एक एमाले नेता घनश्याम भुसालले  देशलाइ पुन निर्वाचनको मार्गमा डोहोर्याएर आफूहरूसँग बदला लिन खोजेको बताउनुभएको छ । समाजिक सञ्जाल मार्फत उहाँले भन्नुभएको छ ‘नावको नाममा फेरि प्रतिनिधिसभा विघटन गराएर हामीसँग बदला लिन कस्सिएका छन् भन्ने दावीको खण्डन हुँदैन ।’

भुसालको टिप्पणी यस्तो छ

हिजो प्रचण्डलार्ई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो । आज झलनाथ–माधवलाइ गाली गरेर बाँकि रहेको नेकपा एमालेलाई विभाजित गरिँदैछ ।

आज हामी विरुद्ध गरिएका गालीगलौज वा आलोचनाले नेपालमा संविधान जारी हुँदा असफल भएका र विघटित प्रतिनिधिसभा पुनस्र्थापित हुँदा दोश्रो पटक पनि असफल भएका शक्तिहरुले चुनावको नाममा फेरि प्रतिनिधिसभा विघटन गराएर हामीसँग बदला लिन कस्सिएका छन् भन्ने दावीको खण्डन हुँदैन ।

विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद छ । तर आत्मसर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा हामीलाई राम्ररी थाहा छ ।

प्रकाशित मिति : 12:12