फेरियो बाबुरामको बोली, सबै दल सरकारमा जाऔँ, एक वर्षभित्र चुनाव गराैँ
२९ वैशाख, काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा)का नेता डा बाबुराम भट्टराइको बोली फेरिएको छ । हिजो मंगलबारसम्म अोलीविरूद्धको गठबन्धनको सरकार निर्माण गर्नुपर्छ भनेर मत राखिरहनुभएका भट्टराइले बुधबार बिहानै ट्वीट गर्दै चुनावको पक्षमा वकालत गर्नुभएको छ ।
उहाँले भन्नुभएको छ ‘देशको संकट हल गर्न यसो गरौं: १.धारा ७६ (२) वमोजिम सबै दलको सहभागिता र वर्तमान/पूर्व प्रम वाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं;२.दलका प्रमुख/पूर्व प्रम रहेको निर्देशक समिति; ३.साझा न्यूनतम कार्यक्रम (कोभिड नियन्त्रण, TRC/मुद्दा,संविधान संशोधन,आर्थिक राहत इ.) लागू ४. एक बर्षभित्र चुनाव !’
प्रकाशित मिति : 08:11









