२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

सांसद किनेर सरकार बनाउने गलत अभ्यासले कांग्रेसको भलो हुँदैनः अध्यक्ष थापा

२९ वैशाख, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले सांसद किनबेच गरेर सरकार बनाएर त्यसले कांग्रसको भोलो नहुने बताउनुभएको छ । उहाँले सामाजिक सञ्जाल मार्फत कांग्रेसले पछिल्लो समय गरिरहेको जबर्जस्त प्रयासको भत्सर्ना गर्नुहुँदै यस्तो बताउनुभएको हो ।

अध्यक्ष थापाले उल्लेख गर्नुभएको छ ‘अपवित्र गठवन्धन बनाएर,पार्टी फुटाएर,सांसद किनबेच गरेर सरकार बनाउने गलत संस्कार/अभ्यासले कंग्रेसको भलो गर्दैन, प्रजातन्त्र विकृत हुन्छ । निष्पक्ष चुनावको वातावरण सुनिश्चित गरी ६महिना भित्र नयॅा चुनावमा गरौं । विगतका त्रुटि कमजोरी हटाऔॅ।चुनाव मात्र विद्यमान संकटको समाधान हो।’

उहाँले सम्पूर्ण राष्ट्रिय शक्ति र श्रोत अहिले कोरोना महामारी विरुद्ध केन्द्रित गराउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले भन्नुभएको छ ‘राष्ट्रिय संकल्प र प्रयास भयो भने केही महिना भित्र कोरोनाको कहरबाट देशले मुक्ति पाउन सक्छ। अनि उत्साहका साथ चुनावमा जाऔॅ।अस्थिरताको वातावरणमा मौलाएको भ्रष्टाचार,सर्वसत्तावाद र धर्परिवर्तनलाई पराजित गरौं ।’

प्रकाशित मिति : 07:59