२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

आफ्नो सरकार ढालेर देउवाको पाउमा लम्पसार पर्नेहरूको गद्दारी क्षम्य हुन सक्दैनः सूर्य थापा

२८ वैशाख, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो सरकार ढालेर देउवाको पाउमा लम्पसार पर्नेहरूको गद्दारी क्षम्य हुन नसक्ने बताउनु भएकाे छ । उहाँले ट्वीट गर्दै पार्टी २०७५ जेठ २ गतेमा फर्किने नभई २०७८ जेठ २ गतेतर्फ अघि बढ्ने बताउनु भएकाे हाे । उहाँले भन्नुभएको छ, ‘पार्टी २०७५ जेठ २ गतेमा फर्किनु हुँदैन, २०७८ जेठ २ गतेतर्फ अघि बढ्नुपर्छ । आफ्नो सरकार ढालेर देउवाको पाउमा लम्पसार पर्नेहरूको गद्दारी क्षम्य हुन सक्दैन । नेता जन्माउने–बनाउने पार्टी र जनताले हो । महान् शुद्धीकरण र सुदृढीकरणको प्रक्रियामा अघि बढौं । सुकेका पात झर्छन्, चिन्ता नगरौं ।’

 

प्रकाशित मिति : 12:55