२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

सरकार गठनमा कांग्रेसको पहल, माओवादी र जसपाका नेतालाई देउवाको घरमा निम्तो

२८ वैशाख, काठमाडौँ । नेपाली कांग्रेसले बहुमतको नयाँ सरकार गठनका लागि पहल लिएको छ । कांग्रेस सभापति देउवाले नेकपा माओवदी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरूलाइ घरमै निमन्त्रणा गरेका छन । देउवा निवासमा दिउँसो २ बजेका लागि माओवादी र जसपाका नेतालाइ निम्तो दिइएो कांग्रेस नेता रमेश लेखकले जानकारी दिनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार संविधानको धारा ७६ ९२० अनुसार सरकार गठनकमा दाबी पेश गर्न दलहरूलाई ३० वैशाखसम्मको समय दिएपछि देउवाले यसबारे छलफल गर्न खोज्नुभएको हो ।

ओलीले विश्वासको मत गुमाएलगत्तै सोमबार नै सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै संविधानको धारा ७६ ९२० अनुसार नयाँ सरकार गठन गर्न आह्वान गर्नका लागि राष्ट्रपतिलाई अनुरोध गर्नुभएको थियो ।

प्रकाशित मिति : 09:57