प्रचण्डको होस उडाउने महन्थको विज्ञप्ति, नयाँ सरकार गठनमा नलाग्ने उद्घोष
२८ वैशाख, काठमाडौँ । भारतका लागि कांग्रेस र जसपासहितको कम्फर्टेबल सरकार बनाउने अभियानमा लागेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डलाइ अर्को ठेस लागेको छ । उहाँको इच्छा विपरित जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले नयाँ सरकार गठन आफ्नो पार्टीको प्राथमिकता नरहेको स्पष्ट पार्नुभएको छ ।
यस विज्ञप्तिले प्रचण्डको होस उड्ने अनुमान गर्न सकिन्छ । सरकारविरूद्ध धेरै नै आक्रम बनिरहनुभएका प्रचण्डका अर्को गाँसमा ढुंगा सरह भएको छ । राष्ट्रपतिले बहुमतको सरकार गठनका लागि आह्वान गरिसकेको समयमा जसपा अध्यक्ष ठाकुरले विज्ञप्ति मार्फत आफूहरू नयाँ सरकारको खेलमा नलाग्ने स्पष्ट गर्नुभएको छ । योसँगै बहुमतको नयाँ सरकार गठन हुने बाटो करिब बन्द भएको छ ।

प्रकाशित मिति : 07:20









