राति १२ बजेदेखि लागू हुनेगरी संसद अधिवेशन अन्त्य
२७ वैशाख, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी संसदको चालू अधिवेशन अन्त्य गर्नुभएको छ । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार नै सोमबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्नुभएको हो ।
संसद सचिवालयले एउटा सूचना जारी गर्दै राष्ट्रपितले संसद अधिवेशन अन्त्य गरेका कारण ३० वैशाखमा बस्ने गरी सभामुख अग्नी सापकोटाले तोकेको बैठक पनि अन्त्य भएको जानकारी दिएको छ । राष्ट्रपति भण्डारीले सोमबार नै राजनीतिक दालहरूलाइ बहुमतको सरकार गठन गर्नका लागि तीन दिनको समय दिनुभएको छ ।

प्रकाशित मिति : 21:57









