३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

राष्ट्रपति भण्डारीद्धारा बहुमतको सरकार गठन गर्न दलहरुलाई आहृवान

२७ वैशाख, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न राजनीतिक दलहरुलाई आहृवान गर्नुभएको छ । संसदमा विश्वासको मत लिन नसकेर प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार संसदमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने संसद सदस्यलाई तीन दिनभित्र दाबी पेश गर्न आहृवान गर्नुभएको हो ।

प्रकाशित मिति : May 10, 2021 at 9:18 pm